कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
597

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि मंगलबार कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
निर्वाचित कार्यसमितिमा सात प्रदेशबाट डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडू छन् । त्यस्तै, खस आर्यबाट तारादेवी भट्ट र राजेन्द्रकुमार केसी, आदिवासी-जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेशीबाट जितेन्द्रनारायण देव र मीनाक्षी झा रहेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, दलितबाट मीनबहादुर विश्वकर्मा र विमला नेपाली, थारूबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।