लक्ष्मण ढुंगाना
शुक्रवार, फाल्गुन १०, २०७५

बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा बन्न लागेको अत्याधुनिक क्षेत्रीय कारागार निर्माणकार्य ढिलाइ भएको छ । निर्माण कम्पनी रसुवा÷पप्पु कन्ट्रक्सन जेभीले निर्माणकार्यमा लापरबाही गर्दा सुस्त गतिमा काम भएको हो । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना इकाई बाँकेमार्फत निर्माणाधीन कारागारको करिब अढाइ वर्षको अवधिमा १५ प्रतिशतमात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

142
रासस
शुक्रवार, फाल्गुन १०, २०७५

अष्ट्रियाकी विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा बिहीबार काठमाडौं आइपुगेकी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आएकी करिनले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री करिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदी र परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले स्वागत गरेका थिए ।

127
हरिश चन्द
शुक्रवार, फाल्गुन १०, २०७५

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आफ्नो प्रहरी व्यारेक भवन नहुँदा विगत दुई वर्षदेखि भाडामा लिएको घरमा बसिरहेको छ । जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको जवान बस्दै आएको व्यारेकको जिर्ण भवन ०७२ सालमा आएको भूकम्पका कारण चर्किएपछि प्रहरी भाडामा लिएको भवनमा बस्न बाध्य भएको हो ।

138
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १०, २०७५

सरकारले समाजकल्याण परिषद्का पदाधिकारीलाई पदमुक्त गरेको छ । परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रबहादुर झा, गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टले बदनियतपूर्वक र कानुन विपरीत कार्यसमेत गरी परिषद्लाई हानि पु¥याएको भन्दै सरकारले हटाएको हो ।

154
केशव समर्पण
शुक्रवार, फाल्गुन १०, २०७५

अवैध लागूऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा चिनिएको मकवानपुरमा पछिल्लो समय कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन् । मकवानपुर तथा धादिङका ग्रामीण भेगमा उत्पादन हुने गाँजा तथा चरेश लुकाईछिपाई भारत निकासी गर्न सक्रियहरूलाई प्रहरीले विशेष अभियान नै सञ्चालन गरेर नियन्त्रणमा लिन थालेको हो ।

138
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

बहिर्गमित जनमुक्ति सेना नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कला र सिर्जनाको सम्मान गर्न नसकेको आरोप लगाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर बहिर्गमित जनमुक्ति सेना नेपालले यस्तो आरोप लगाएको हो ।

257
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

सल्यान जिल्लामा रकम हिनामिना गरेको भन्दै १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको बागचौर नगरपालिका–५ बाङ्गेलाँखुरी बजारमा विद्युतीकरणका क्रममा अनियमितता गरेको आरोपमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

135
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

सरकारले २२ हजार ९१६ कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ । समायोजन रोजेका करिब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए ।

198
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

अत्यधिक दुर्घटना बढेपछि टिपर चालकलाई मोरङ प्रहरीले नियमन तथा अनुशिक्षण तालिम दिन सुरु गरेको छ । कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकाको नेमुवामा टिपर चालकहरूका लागि अनुशिक्षण तालिम सुरु गरिएको हो ।

74
कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५

वीरगन्जका उद्योगी एवं समाजसेवी स्व.बिहारीलाल लाठको सम्झनामा स्थापना गरिएको स्व.बिहारीलाल लाठ कर्मवीर सम्मानबाट समाजसेवी कृष्णमान माली सम्मानित भएका छन् । उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का सदस्य उद्योगी गणेश लाठका पिता स्व.बिहारीलाल लाठले समाजमा गरेको योगदानलाई जीवित राख्नका लागि रिलिफ सोसाइटी अफ कमर्सले स्व. लाठको सातौं स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा उद्योगपति राम अवतार खण्डेलवालले समाजसेवी मालीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् ।

138
कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५

विराटनगर–८ स्थित वडा प्रहरी कार्यालय हाटखोलाको कार्यालय कक्षा जनस्तरबाट निर्माण गरिएको छ । समुदाय प्रहरी पालिका समिति मोरङको आयोजनामा भएको कार्यक्रममा नवनिर्मित कार्यालय कक्षको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले उद्घाटन गरे ।

166
रासस
बुधवार, फाल्गुन ८, २०७५

कर्णाली प्रदेशमा राज्य पक्ष र अन्य पक्षबाट गरी पछिल्लो एक वर्षको अवधिमा ४५३ मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् ।

157
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ७, २०७५

फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरूको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको वार्षिक पुस्तक फ्याक्ट्स अफ नेपाल २०१९ संस्करण सोमबार अनावरण गरेको छ । यस २०१९ को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरूको तथ्यांक संकलन गरी बनाइएको सूचना गत दृश्यचित्र (इन्फोग्राफिक्स) हरू समावेश गरिएको भन्दै कम्पनीले सरल र जानकारीमूलक ढंगबाट गरिएको क्षेत्रगत तथ्यांकको अन्तर्दृष्टि र विश्लेषण पनि यस संस्करणमा समावेश गरिएको पनि जनाएको छ । यो पुस्तकमा देशको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रलगायतका १९ क्षेत्रहरू समेटिएका छन् ।

317
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ७, २०७५

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको काठमाडौंस्थित टिचिङ अस्पतालमा सोमबार दिउँसो निधन भएको छ ।

294
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ७, २०७५

पछिल्लो समय झापामा धमाधम सीसी क्यामेरा जडान गरिँदैछ । अपराध नियन्त्रणमा सीसी क्यामेरा प्रभावकारी देखिएपछि झापा प्रहरीले सीसी क्यामेरा जडानलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो ।

315