कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५
460

बर्दिया उद्योग वाणिज्य संघ राजापुरले कारोबार दैनिकका संवाददाता लक्ष्मण ढुंगानालाई सम्मान गरेको छ । संघले शुक्रबारदेखि राजापुरमा आयोजना गरेको बर्दिया माघी महोत्सव २०७५ को उद्घाटन समारोहमा ढुंगानालाई राजापुर क्षेत्रको समग्र विकासमा उल्लेख्य भूमिका खेलेको भन्दै सम्मान गरिएको हो ।
कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री प्रकाशसरण महत, प्रतिनिधिसभाका सदस्य किसोरसिंह राठौर, बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रेग्मीलगायतले दोसल्ला ओढाएर सम्मान गरे । त्यसैगरी कार्यक्रममा वर्षौदेखि पुर्जा विहीन राजापुर बजारमा लालपुर्जा वितरणका लागि पहल थालेको भन्दै पूर्व भूमिसुधार मन्त्री गोपाल दहितलाई समेत सम्मान गरिएको थियो ।