तीर्थराज बस्नेत
बुधवार, मंसिर २७, २०७४

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आइरहेका बेला अब बन्ने सरकार र शक्ति सन्तुलनका बारेमा विभिन्न कोणबाट बहस भइरहेका छन् । प्रत्यक्षतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको र समानुतातिकतर्फको मतगणना सुरु भइसकेको अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ ।

78
रासस
मंगलबार, मंसिर २६, २०७४

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा प्रतिमतदाता औसतमा ४९५ रुपैयाँ २५ पैसा खर्च भएको तथ्यांक सार्वजनिक भएको छ । उक्त निर्वाचनमा ६ अर्ब ९६ करोड ९३ लाख ७६ हजार ८६६ खर्च भएको निर्वाचन आयोगको आर्थिक प्रशासन शाखाले जनाएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको थियो । सरकारले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगलाई ८ अर्ब ७८ करोड, ४९ लाख ७२ हजार १६८ उपलब्ध गराएकामा प्राप्त बजेटमध्ये ७९.३३ प्रतिशत खर्च भएको आयोगबाट उपलब्ध विवरणमा उल्लेख छ ।

24
भगवान खनाल
मंगलबार, मंसिर २६, २०७४

संघीयता कार्यान्वयनको लागि महत्वपूर्ण मानिएको संघीय संसदको प्रतिनिधिसभाको लागि पहिलोपटक भएको निर्वाचनमा एउटा संयोग नै मान्नुपर्छ, वहालवाला प्रधानमन्त्रीदेखि पाँचजना पूर्वप्रधानमन्त्रीले विजय प्राप्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचनमा विजय भएका हुन् ।

129
जगन्नाथ दुलाल
आइतवार, मंसिर २४, २०७४

बाम गठबन्धनले मुलुकभर उत्साहजनक परिणाम ल्याए पनि राजधानी काठमाडौंको महत्वपूर्ण तीन क्षेत्र भने नेकपा माओबादी केन्द्रले गुमाएको छ । २०६४ को संविधानसभा निर्वाचनमा पहिलो भएको माओबादी २०७० मा शून्य भएको थियो । अहिलेको निर्वाचनमा एमालेसँग गठबन्धन भएपछि पुनः जित्ने आकलन गरिए पनि माओबादीका तीनैजना उम्मेदवारले पराजय बेहोरेका छन् । माओबादीबाट काठमाडौं १ मा अनिल शर्मा, ६ मा झक्कु सुवेदी र १० मा हितमान शाक्यले उम्मेदवारी दिएका थिए । जसमा शर्मा तेस्रो भए भने सुवेदी र शाक्य निकटतम प्रतिद्वन्द्वी रहे ।

57
कारोबार संवाददाता
बिहिवार, मंसिर २१, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सफलतासँगै नेपाल स्थायी शान्ति, आर्थिक समृद्धि र राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । बिहीबार प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै नेपाली जनतालाई बधाई दिएका प्रधानमन्त्री देउवाले देश नयाँ युगमा प्रवेश गरेको बताएका हुन् । “आजको रात पीडादायी संक्रमणकालको अन्तिम रात हुनेछ, भोलको विहानीसँगै नेपाल स्थायी शान्ति, आर्थिक समृद्धि र राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गर्नेछ,” प्रधानमन्त्री देउवाले भनेका छन् ।

48
कारोबार संवाददाता
बिहिवार, मंसिर २१, २०७४

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले नवलपुरको देवचुली नगरपालिकाको वडा नम्बर २ मा रहेको दिव्य युवा क्लब मतदान केन्द्रबाट मतदान गरेका छन् ।

53
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै भारत बंगाल राज्यको सीमासँग जोडिएको झापाको पूर्वी नाका काकँडभिट्टा–पानीट्यांकीसहित अन्य नाकाहरू बन्द गरिएको छ । सोमबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म अर्थात् ७२ घण्टा १ सय १८ किलोमिटर नाका बन्द गरिएको झापाका प्रमुख जिल्ला अधिकारी क्रषिराम तिवारीले बताए ।

42
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४

इटहरी– १४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय केन्द्र ‘क’ को मतददानको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई दिइएको छ । यस केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षमा खटिने प्रहरी पनि सबै महिला नै रहेका छन् ।

20
मातृका दाहाल
बुधवार, मंसिर २०, २०७४

सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्भयका साथ मतदानमा सहभागी हुन आह्वान गरेको छ । चारवटै सबै सुरक्षा निकायका जनशक्तिलाई सुरक्षामा तैनाथ गरिएको स्पष्ट पार्दै सरकारले राष्ट्रिय पर्वको रूपमा रहेको निर्वाचनलाई सफल बनाउन आम मतदातालाई अपिल गरेको हो । सरकारले बम विष्फोटलगायत निर्वाचन विरोधी गतिविधिमा संलग्नको विवरण निर्वाचन पछिमात्रै सार्वजनिक गरिने समेत स्पष्ट पारेको छ । निर्वाचन बिथोल्न ‘आपराधिक व्यक्ति तथा समूह’ संलग्न रहेको जनाउँदै सरकारले यसबारे केही समयपछि सबै विवरण सार्वजनिक गरिने जनाएको छ ।

47
जगन्नाथ दुलाल
बुधवार, मंसिर २०, २०७४

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनअन्तर्गत आज ४५ जिल्लामा मतदान हुँदैछ । यसअघि मंसिर १० गते ३२ जिल्लामा पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै आज हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ ।

19