कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५

फागु पर्वको अवसरमा धनगढीको चटकपुरमा रहेको डल्लुज फुटसलले फुटसल प्रतियोगिता आयोजना गरेको छ । चैत १ गतेदेखि नयाँ व्यवस्थापनसहित सुरु भएको डल्लुज फुटसलले प्रतियोगिता आयोजना गरेको हो ।

129
मीनकुमार नवोदित
बिहिवार, चैत्र ७, २०७५

पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारतबीच उपाधिका लागि भिडन्त हुने भएको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार भएको पहिलो सेमिफानलमा नेपालले श्रीलंकामाथि शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । त्यस्तै बुधबार दिउँसो भएको अन्तिम सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै भारत पनि फाइनलमा प्रवेश ग¥यो । चारैपटकको उपाधि विजेता भारतले बंगलादेशलाई पराजित गरेसँगै नेपाल र भारतको चौथो पटक फाइनलमा भेट हुने पक्का भएको छ । नेपालले श्रीलंकामाथि शानदार ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको छ ।

273
कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतभित्र हुने बताएका छन् । नेपालगञ्जमा सोमबार ‘मिडिया सेन्टर’को उद्घाटन गर्दै सदस्य सचिव विष्टले भने, “आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतभित्रै हुन्छ, हाम्रो दृढसङ्कल्प छ ।” यही चैत २५ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने आन्तरिक तयारीका साथ कार्यकारी समितिले प्रस्ताव पास गरेको उनले जानकारी दिए ।

237
कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५

हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टर (मेची नेत्रालय) झापालाई शून्यका विरुद्ध ३ गोल गर्दै हिमालयनले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । जितका लागि हिमालयनका तर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा जर्सी नम्बर १७ का त्रिदेव गुरुङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

244
मीनकुमार नवोदित
सोमवार, चैत्र ४, २०७५

नेपालमै पहिलोपटक भएको पाँचौं साफ महिला च्याम्पियनसिपमा भारत समूह ‘बी’ को विजेता बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा आइतबार भएको खेलमा भारतले श्रीलंकामाथि गोलको वर्षा ग-यो । फाइनल प्रवेशका लागि नेपालले श्रीलंकाको सामना गर्नेछ । शनिबार भएको खेलमा बंगलादेशलाई ३–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘ए’ को विजेता बनेको थियो । समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई ५–० को गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन भारत समूह विजेता बनेपछि नेपालले श्रीलंका सेमिफाइनलमा नेपालको सामना गर्ने भएको छ ।

277
कारोबार संवाददाता
आइतवार, चैत्र ३, २०७५

सप्तरीको कञ्चनरूप नगरपालिका–९ स्थित खयरवनमा निर्माण गर्न लागिएको मदन भण्डारी खेलग्रामको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले शिलान्यास गरेका छन् । १ सय २४ बिघामा खेल ग्राम निर्माणका लागि यस आर्थिक वर्ष २५ लाख विनियोजन भई काम शुरु हुन लागेको जिल्ला खेलकूद विकास समितिका प्रमुख दिनेश भुजेलले जानकारी दिए । यसैगरी राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाले सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ९ र १२ रुपनगरमा मदन भण्डारी मार्गकोे शिलान्यास गरे ।

228
मीनकुमार नवोदित
आइतवार, चैत्र ३, २०७५

विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा उपाधि दाबेदार नेपाल समूह विजेता बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा शनिबार भएको खेलमा बंगलादेशलाई ३–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । नेपाल र बंगलादेश एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । नेपाल लगातार दुई खेलमा जित निकाल्दै समूह विजेता बनेको हो । शनिबारको खेलमा नेपालसामु बंगलादेश निरिह बन्यो ।

146
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५

जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)का खेलाडीहरुविरुद्ध उनीहरुका अभिभावकले मैत्रीपूर्ण खेल खेलेका छन् । आइतबार ललितपुर सानेपास्थित ललितपुर फाइभ ए साइट फुटसलमा एकेडेमीका खेलाडी तथा अभिभावकबीच प्रतिस्पर्धा भएको हो ।

188
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५

गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटकसम्म आफ्नो नाम दर्ता गराइसकेका नेपालकै पहिलो पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्न लागेको जानकारी गराएका छन् । उनले ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रो पटक विश्व रेकर्डको तयारी गरेका हुन् ।

444
मीनकुमार नवोदित
बुधवार, फाल्गुन २९, २०७५

नेपालमै पहिलोपटक मंगलबारदेखि विराटनगरमा साफ महिला च्याम्पियनसिप सुरु भएको छ । उद्घाटन खेलमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ ।

341
मनिषा चम्लागाईँ
मंगलबार, फाल्गुन २८, २०७५

विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो मगमग झापा गोल्डकप च्याम्पियन बनेको छ । सोमबार झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । योसँगै आर्मिले लगातर तीन पटक उपाधि चुम्न सफल भएको छ ।

281
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५

रौतहट सदरमुकाम गौरमा आयोजित नगरस्तरीय महिला फुटबल प्रतियोगिता गौर नगरपालिकालाई एकका विरुद्ध १५ गोलको फराकिलो अन्तरले पराजित गर्र्दै चन्द्रपुर नगरपालिकाले जितेको बनेको छ । । चन्द्रपुरलाई जिताउने क्रममा जर्सी नं. ९ की रजनी ठोक्करले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरी खाता खोलेकी थिइन् ।

215
मीनकुमार नवोदित
मंगलबार, फाल्गुन २८, २०७५

नेपालमै पहिलोपटक विराटनगरमा हुन लागेको साफ महिला च्याम्पिनसिप फुटबल आज (मंगलबार)देखि सुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।

255
कारोबार संवाददाता
सोमवार, फाल्गुन २७, २०७५

पाँचौं महिला साफ फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु हुँदैछ । मोफसलमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच हुनेछ ।

239
कारोबार संवाददाता
सोमवार, फाल्गुन २७, २०७५

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापानले मख्यु प्रायोजन गरेको छ । आइतबार केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौतापत्र आदान–प्रदान भएको छ ।

247