रासस
बिहिवार, चैत्र ७, २०७५

प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ ।

437
कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५

म्याग्दीको मंगला गाउँपालिका–३ बंरजामा रहेको दहताल संरक्षणमा स्थानीय जागरुक देखिएका छन् । मन्दिर वरिपरि पानी बीचमा ऐतिहासिक धार्मिक चौतारो रहेको तालमा बीचमा बाह्रमासे पानीको मूलले बनेको दहताललाई अस्तित्व जोगाउन स्थानीय जागरुक भएका हुन् । ग्रामीण भेगमा खेतीकिसानी गर्ने कृषकको बाली लगाउने समयमा पानी नपरेपछि, त्यहाँ गाउँले मिलेर पूजा गरे भने पानी पर्ने धार्मिक विश्वास छ । कृषकले लगाएको खेती खडेरीले सुक्न लाग्यो भने त्यहाँ पूजा गरेपछि पानी आउने दरिलो धार्मिक विश्वास रहेको कुलबहादुर थापाले बताए ।

267
कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५

बागलुङमा सञ्चालित १६ वटा घरबास (होमस्टे)ले गण्डकी प्रदेश सरकारबाट अनुदान पाउने भएका छन् । होमस्टेको पूर्वाधार विकास तथा पर्यटन प्रवर्दनका लागि प्रदेश सरकारले पुँजीगत अनुदान दिने भएको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हालै जारी गरेको स्वीकृत परियोजनाअन्तर्गत १६ वटा ‘होमस्टे’ अनुदानका लागि छनोट भएको उल्लेख गरिएको छ ।

249
कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५

गण्डकी प्रदेशले प्रदेशभित्रका होमस्टे (ग्रामीण घरबास) कार्यक्रमलाई दिएको अनुदान रकम स्याङ्जाका ४२ होमस्टेले सम्झौता गरेको छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत विनियोजित रकम १० लाखका दरमा ४ करोड २० लाख रकम सम्झौता गरिएको हो ।

319
दीननाथ बराल
सोमवार, चैत्र ४, २०७५

पोखराका २९ वटा प्याराग्लाइडिङ कम्पनी कारबाहीमा परेकाछन् । पोखरा महानगरपालिकामा तोकिएको समय सीमाभित्र स्थानीय करसहित नवीकरण तथा दर्ता नगराएका २९ वटा प्याराग्लाइडिङ कम्पनीलाई महानगरपालिकाले कारबाही गर्ने भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बताए ।

274
कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार–प्रसार र प्रवद्र्धन एवं देशका दुई प्रमुख सभ्यताहरु स्वयाम्भू नेवा सभ्यता र लुम्बिनी कपिलवस्तु शाक्यमुनि सभ्यतालाई साहसिक तथा आध्यत्मिक पर्यटनको गतिविधिको माध्यमबाट जोडने उद्देश्यले बुद्धिष्ट सर्किट्स डटकमले आइतबार दोस्रो ग्रेट बुद्धिष्ट ट्रेल माउन्टेनबाइक ¥याली प्रारम्भ गरेको छ ।

290
महादेव अवस्थी
सोमवार, चैत्र ४, २०७५

कञ्चनपुरको भिमदत्त नगरपालिकामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना भई २०३२ सालमा १५५ वर्ग किमि क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षको रुपमा घोषणा गरिएको हो । २०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किमी क्षेत्रफललाई विस्तार गरी आरक्षको क्षेत्रफललाई ३०५ वर्ग किमी बनाइएको थियो । २०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो ।

900
कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५

मुगुको चर्चित पर्यटकीय स्थल हो, रारा ताल । रारा पुग्ने जोकोही यसको सौन्दर्यबाट मुग्ध हुन्छन् । तर, मुगुमा रारामात्र छैन, अन्य थुप्रै घुम्नलायक ठाउँहरु छन् ।

228
कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थलहरूमा व्यापारिक प्रयोजनका लागि विभिन्न संघ संस्थालाई दिएको भाडाबापत झण्डै अढाई अर्ब रुपैयाँ बराबरको बक्यौता रकम उठाउन बाँकी रहेको देखिएको छ ।

262
मनोरञ्जन शर्मा
शुक्रवार, चैत्र १, २०७५

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार र प्रबद्र्धनमा लुम्बिनी पिस म्याराथन आयोजना गर्दै आएको सस्था बुद्धिष्ट सर्किट डक कमले यो वर्ष पनि ग्रेट बुद्धिष्ट ट्रेल, साहसिक तथा आध्यात्मिक साइकल यात्रा गर्ने भएको छ । काठमाडौँबाट चैत ३ गते सुरु भई यो यात्रा चैत ६ गते लुम्बिनीमा साइक्लिङ प्रतियोगितासँगै समापन हुने सस्थाका सस्थापक तथा अध्यक्ष बिक्रम पाँडे काजीले बताए ।

456
दीननाथ बराल
बिहिवार, फाल्गुन ३०, २०७५

पोखराका २६ वटा प्याराग्लाइडिङ कम्पनाीहरूले मात्र पोखरा महानगरपालिकामा स्थानीय करसहित नवीकरण तथा दर्ता गरेका छन् । एक दिनको म्याद थपसहित हालसम्म पोखरामा रहेका ६० प्याराग्लाइडिङ कम्पनीहरूमध्य २६ वटाले मात्र स्थानीय करसहित नवीकरण तथा दर्ता गराएको पोखरा महानगरपालिकाका राजस्व शाखा प्रमुख छवि शर्माले बताए ।

590
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५

कतार एयरवेजले आइतबार १० मार्च कोसेढुंगा स्वरूप ब्रसेल्सदेखि दोहासम्मको उडान पूर्णरूपले १५ महिला समूहको चालक दलले सञ्चालित उडान पूरा गरेको छ । बेल्जियमको राजधानीदेखि कतारको हवाई केन्द्रसम्मको उक्त एयरबस ए३५० शत प्रतिशत महिला समूह सम्मिलित चालक दल भएको पहिलो उडान हो ।

433
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनकालागि ठूला पूर्वाधार तथा योजनाहरूमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाहरूले बताएका छन् । सरकारका मन्त्री, कूटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरूले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमाध्यान केन्द्रित गर्नुपर्ने औंल्याएका हुन् ।

364
रासस
सोमवार, फाल्गुन २७, २०७५

सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

409
नेगम परियार
सोमवार, फाल्गुन २७, २०७५

विश्मै परिचित अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लाको याकखर्कबाट थोरङलापास गरी मुस्ताङको मुक्तिनाथसम्मको यात्रा हाल बन्द छ । यो पदमार्गमा तीन जिल्ला लमजुङ, मनाङ, मुस्ताङ र कास्की पर्छन् । बन्द रहेको यो पदमार्ग खुलाउनका लागि मनाङ जिल्लाको उपर मनाङमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको चेक पोष्टबाट आइतबारदेखि मनाङको याकखर्कबाट मुस्ताङ जिल्लाको मुक्तिनाथसम्मको पदमार्ग खुलाउनका लागि मनाङका स्थानीयवासीहरू १६ जनाको एक टिम याकखर्कबाट थोरङलापास हुँदै मुक्तिनाथसम्मको पैदल मार्ग बनाउनका लागि हिँडेको प्राकृतिक स्रोत संरक्षण सहायक नेत्रलाल महताराले बताए ।

473