केदार दाहाल
बिहिवार, असार ७, २०७५
1169

नेपालमा स्थिर सरकार बनेसँगै पर्यटकीय चहलपहल पनि उत्साहजनक देखिएको छ । नेपाल भित्रने पर्यटकको संख्याका आधारमा सन् २०१८ को सुरुवातदेखि नै  यस क्षेत्रमा उत्साहजनक चहलपहल देखिएको हो । नेपालमा स्थिर सरकार बनेसँगै पर्यटकीय चहलपहल पनि उत्साहजनक देखिएको छ । नेपाल भित्रने पर्यटकको संख्याका आधारमा सन् २०१८ को सुरुवातदेखि नै  यस क्षेत्रमा उत्साहजनक चहलपहल देखिएको हो । अध्यागमन विभागका अनुसार २०१८ को पहिलो पाँच महिनामा ४ लाख ५६ हजार ३ सय ९३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ को सोही अवधिमा ४ लाख ४ हजार ३ सय ४८ मात्रैले नेपाल भ्रमण गरेका थिए । यस वर्षको पर्यटक संख्या भन्दा गतवर्षको भन्दा ११ प्रतिशत अर्थात ५२ हजार ४५ ले बढी हो । विभागको तथ्यांकमा २०१८ को मार्चमा सबैभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएको उल्लेख छ ।
मार्चमा नेपाल भ्रमणमा आउने पर्यटको संख्या १ लाख २५ हजार १ सय १६ छ । यो संख्या पनि सन् २०१७ को मार्च महिनामा नेपाल भ्रमणमा आएका पर्यटकको संख्या भन्दा १८ हजार आठ सय २५ जनाले बढी हो । सन् २०१७ को मार्च महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या भने एक लाख ६ हजार दुई सय ९१ मात्रै थियो ।यसैगरी सन् २०१८ को जनवरीमा ७३ हजार पाँच सय १५, फेब्रअरीमा ९० हजार दुई सय ८७, अप्रिलमा ९८ हजार ६ सय ५० र मेमा ६८ हजार ८ सय २५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।२०१८ को जनवरीदेखि पाँच महिनासम्म नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । पाँच महिनाको अवधिमा नेपाल भ्रमणमा आउने भारतीय नागरिककोे संख्या ७२ हजार ४ सय ७९ छ ।
दोस्रो बढी पर्यटक चीनबाट आएका छन् । सन् २०१८ को जनवरीदेखि मार्चसम्म बढी पर्यटक आउने सूचीमा रहेको चीन मेपछि भने दोस्रोमा झरेको छ । पाँच महिनाको अवधिमा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या ६५ हजार ६ सय ७० छ । नेपाल भ्रमणमा आउने अमेरिकन पर्यटकको संख्या तेस्रो स्थानमा परेको छ । पाँच महिनाको अवधिमा नेपाल भ्रमणमा आउने अमेरिकन पर्यटकको संख्या ३६ हजार ५ सय ३२ रहेको छ ।