एजेन्सी
बुधवार, पुष २५, २०७५
498

वासिङटन-एप्पलले आगामी ३ महिनाका लागि नयाँ आईफोनको उत्पादन १० प्रतिशतले कटौती गर्ने निकी एसियन रिभ्युले जनाएको छ ।
एप्पलले आफ्ना आपूर्तिकर्ताहरुलाई डिसेम्बरमा थोरै मात्र आईफोन उत्पादन गर्नका लागि भनेको थियो । जसको प्रारम्भिक योजना मार्चको त्रैमासिकमा तय भएको विषयसँग जानकार स्रोत उल्लेख गर्दै निकीले जनाएको छ ।

प्रविधि कम्पनीले आफ्नो योजनामा रहेको स्मार्टफोनको उत्पादन कटौती गरेको दुई महिनामा दोस्रो पटक हो । यो सबै नयाँ आईफोन मोडलहरु एक्सएस म्याक्स, एक्सएस र एक्सआरमा लागु हुनेछ ।
समीक्षाकृत प्रस्तावको मातहतमा सबै किसिमका नयाँ र पुराना आईफोनको उत्पादनमा ४ करोड र ४ करोड ३० लाखा मात्र पु-र्याइने छ । यो सुरुको अनुमान ४ करोड ७० लाख र ४ करोड ८० लाख थानको तुलनामा कम भएको निकीले जनाएको छ ।
एप्पलले यो विषयमा जानकारी दिनका लागि अस्वीकार गरेको छ ।
गत साता एप्पलले आफ्नो आम्दानी निर्देशिका कटौती गरेको थियो । चिनियाँ अर्थतन्त्रमा देखिएको कमजोरी र चिनियाँ क्षेत्रमा आईफोनको आम्दानी अपेक्षा गरिए भन्दा कमजोर भएको कारणलाई आधार मान्दै आम्दानी निर्देशिकामा कटौती गरिएको हो । बेइजिङको वासिङटनसँगको व्यापार युद्धको समयमा विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको मन्दीप्रति लगानीकर्ताले चिन्ता व्यक्त गरेपछिको समयमा एप्पलको यस्तो निर्णय सार्वजनिक भएको हो ।
सामसङ लगायतका अन्य प्रतिद्वन्द्वीसँगै एप्पलले स्मार्टफोनको बजार स्याचुरेसनको अवस्थामा पुगेको र बजारमा वृद्धि ओरालो लागेको अवस्था पाएको छ । आईडीसीले विश्वव्यापी स्मार्टफोनको ढुवानी गत वर्षको तेस्रो त्रैमासिक अवधिमा ६ प्रतिशतले ओरालो लागेको जनाएको छ । यो गिरावट लगातार चौथो त्रैमासमा हो ।