एजेन्सी
बिहिवार, पुष २६, २०७५
886

वासिङटन-विवाहको २५ वर्षपछि विश्वकै धनी अमेजनका सीईओ जेफ बेजोस उनकी पत्नी म्याकिन्जीले सम्बन्ध विच्छेद गरेका छन् ।
यो जोडीले सम्बन्ध विच्छेदको घोषण बुधबार ट्वीटरमा संयुक्त बक्तव्य जारी गरेर गरेका हुन् ।

“लामो समयको माया र छुट्टिने कोशिशबाट हामीले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छौ र हामी साथीको व्यवहारलाई निरन्तरता दिनेछौ,” विज्ञप्तिमा भनिएको छ ।
अमेजन २५ वर्ष अगाडि स्थापना भएको थियो र यसै साता मात्र विश्वकै मूल्यवान कम्पनीको रुपमा माइक्रोसफ्टलाई पछि पार्न सफल भएको थियो ।
ब्लूमबर्गको अर्बपतीको सूची अनुसार विश्वकै धनी भएको ५४ वर्षिय बेजोसको सम्पत्ति १३७ अर्ब डलर रहेको छ । उनको यो सम्पत्ति बिल गेट्सको भन्दा ४५ अर्ब डलरले बढी हो ।
सम्बन्ध विच्छेद अगाडि सम्म उनकी पत्नी रहेकी ४८ म्याकिन्जी उपन्यासकार हुन् । उनले २००५ मा ‘द टेस्टिङ अलब्राइट र २०१३ मा ट्रयाप्स लेखेकि थिइन् ।
“हामी एक अर्कालाई पाउदा अद्वितिय रुपमा भाग्यमानी महशुस गर्छौ र हामी एक अर्कासँग विवाह भएकोमा वर्षौ सम्मका लागी सबैप्रति कृतध्न छौ,” जोडीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
“यदी हामी २५ वर्षपछि छुट्टिने छौ भन्ने हामीलाई थाहा भएको भए , हामीले यो फेरी गर्ने थियौ । विवाहित जोडिको रुपमा हाम्रो विशेष जीवत रह्यो र भविष्य पनि उत्कृष्ट रहनेछ । अभिभावक, साथी, साझेदारको रुपमा हाम्रो सहकार्य रहनेछ ।” विज्ञप्तिमा भनिएको छ ।
यो जोडिको ४ जना बच्चा छन् । जसमा तीन छोरा र एक धर्मपुत्री रहेकि छन् ।
२०१३ मा म्याकिन्जि बेजोसले भग म्यागेजिनलाई उनले जेफलाई जेफले न्यूयोर्कमा हेज फन्डमा जागिरका लागि अन्तर्वार्ता दिने समयमा भेटेको बताएकि छन् ।
उनीहरुले तीन महिनासम्मको डेटिङपछि सम्बन्धको पक्का गरेको र यसको केही समयपछिनै १९९३ मा विवाह गरेका थिए ।
यसको १ वर्षपछि उनले अमेजनको स्थापना गरेका थिए । जुन अनलाईन पुस्तक खुद्रा बिक्रेताको रुपमा सुरु भएको थियो ।
त्यसपछि यो कम्पनी ई–कमर्श कम्पनीको रुपमा विस्तार भएको थियो ।
सोमबार अमेरिकी धितोपत्र बजार बन्द हुदाको समयमा अमेजनको मूल्य ७९७ अर्ब अमेरिकी डलर पुगेको थियो । यसले माइक्रोसफ्टको ७८९ अर्ब डलरलाई पनि पछि पारेको छ ।