एजेन्सी
आइतवार, पुष २९, २०७५
1958

बेइजिङ-यसै साता अमेरिकी डिस्ट्रोयर साउथ चाइना सीको विवादित जलमार्गमा प्रवेश गरेपछि चीनले सुपरसोनिक परमाणु क्षेप्यास्त्र डीएफ–२६ परिचालन गरेको डेली मेलले जनाएको छ । डोङफेङ–२६ को नामले चिनिने यो मध्यमदेखि लामो दूरीको क्षेप्यास्त्र अमेरिकी क्षेत्रसम्म पहुँच भएको र विमान वाहकलाई समेत डुबाउने क्षमता भएको चीनबाट आएका अघिल्ला रिपोर्टहरूले जनाएका छन् ।
व्यापार युद्ध र क्षेत्रीय विवादको समयमा वासिङ्टनलाई तर्साउनका लागि बेइजिङले दुई अमेरिकी विमान वाहक डुबाउनुपर्ने र झन्डै १० हजार अमेरिकी सेलरको हत्या गर्नुपर्ने चिनियाँ एडमाइरलले हालै मात्र आग्रह गरेपछिको समयमा यो नयाँ समाचार सार्वजनिक भएको हो ।

डीएफ–२६ लाई चिनियाँ सञ्चारमाध्यमहरूले ‘गुवाम किलर’ को संज्ञा दिएका छन् । गुवाम अमेरिकी क्षेत्र हो । यो चिनियाँ तटबाट २ हजार माइलको दूरीमा रहेको छ । यो क्षेप्यास्त्र अमेरिकी क्षेत्र गुवामसम्म पुग्न सक्ने बताइएको छ ।
यो क्षेप्यास्त्र आधारभूत रूपमै चिनियाँ इन्जिनियरहरूले विकास–निर्माण गरेका हुन् । यसलाई पिपुल्स लिबरेसन आर्मीका रकेट फोर्सले गत अप्रिलमा बुझाएको पिपुल्स डेलीको अनलाइन संस्करणले जनाएको छ ।
डीएफ–२६ परमाणु वारहेड बोक्न सक्ने र जमिनको महŒवपूर्ण निशानामा मार हान्न सक्ने तथा समुद्रमा पनि मध्यमदेखि ठूला जहाजलाई डुबाउन सक्ने क्षमताको रहेको चीनको सिसिटिभीले जनाएको छ ।
यो परमाणु क्षेप्यास्त्रलाई अमेरिका विरुद्ध बेइजिङको उत्कृष्ट हतियार भएको टिभीले जनाएको छ ।
दुर दराजसम्म पुग्न सक्ने एन्टि सिप ब्यालेस्टिक क्षेप्यास्त्र पनि उत्तर–पश्चिम चीनको पठार र मरभूमि क्षेत्रमा परिचालन गरिएको चीनको आधिकारिक सञ्चार माध्यमले बिहीबार नै उल्लेख गरेको थियो ।
सोमबार अमेरिकी जहाज साउथ चाइना सीमा प्रवेश गरेको प्रतिक्रियाको स्वरूप यो परिचालन भप्एको बताइएको छ । यो विषयमा चीनले अमेरिकालाई कडा चेतावनीसमेत दिएको छ ।
अमेरिकी गाइडेड क्षेप्यास्त्र डिस्ट्रोयर यूएसएस म्याकक्याम्पबेल पारासेल टापुको १२ नउटिकल माइलमा गएको थियो । यो टापुलाई चीनमा सिसा आर्किपेलागाको नामले चिनिन्छ ।
गत महिना चिनियाँ एडमाइरल लुओ युआनले चीनमा भएको एक शिखर सम्मेलनको समयमा बेइजिङले १० हजारको ज्यान लिन सक्ने गरी २ अमेरिकी एयरक्राफ्ट क्यारियरलाई डुबाउनुपर्ने सुझाव दिएका थिए ।
योनै अमेरिका–चीन व्यापार युद्ध र साउथ चाइना सीको विवादको विषयको उत्तम समाधान हुन सक्ने पूर्व चिनियाँ अधिकारीका छोराले बताएका छन् ।