एजेन्सी
आइतवार, पुष २९, २०७५
596

लन्डन-जीडीपीका आधारमा हाल विश्वकै ठूलो अर्थतन्त्र रहेको मुलुक अमेरिकालाई चीन र भारतले उछिन्ने भएका एक बेलायती वित्तीय सेवा फर्मको अनुमान छ । विश्वकै ठूलो अर्थतन्त्रमा एक दशकको अवधिमा चीनले अमेरिकालाई उछिन्ने र दोस्रो स्थानमा पनि अमेरिका नभएर भारत हुने स्ट्यान्डर्ड चार्टर्डले जनाएको छ ।जीडीपीका आधारमा हाल विश्वकै ठूलो अर्थतन्त्र रहेको मुलुक अमेरिकालाई चीन र भारतले उछिन्ने भएका एक बेलायती वित्तीय सेवा फर्मको अनुमान छ । विश्वकै ठूलो अर्थतन्त्रमा एक दशकको अवधिमा चीनले अमेरिकालाई उछिन्ने र दोस्रो स्थानमा पनि अमेरिका नभएर भारत हुने स्ट्यान्डर्ड चार्टर्डले जनाएको छ ।फक्स बिजनेसका अनुसार आगामी २०३० सम्ममा अमेरिका दुई एसियाली मुलुकभन्दा पनि पछाडि पर्नेछ ।यो नयाँ विश्वव्यापी वरियताअनुसार विश्वकै शीर्ष १० को हालका उदीयमान बजारका सात मुलुक पर्नेछन् ।यो क्रमांकअनुसार चीन, भारत र अमेरिकापछिको चौथो स्थानमा इन्डोनेसिया पर्नेछ ।देशको अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा तय हुनेछ । यसले एक निश्चित अवधिमा भएको अन्तिम सामग्री र सेवाको उत्पादनको बजार मूल्यको मापन गर्छ ।स्ट्यान्डर्ड चार्टर्डका अनुसार टर्की पाँचौं स्थानमा पर्नेछ ।शीर्ष ठूला १० मुलुकको सूचीमा पर्ने एक मात्र ल्याटिन अमेरिकी मुलुकमा ब्राजिल मात्रै पर्नेछ । यो मुलुक आगामी २०३० सम्ममा ८६ खर्ब अमेरिकी डलरका साथ विश्वकै छैटौं ठूलो अर्थतन्त्रको हुनेछ ।शीर्ष १० को सूचीमा पर्ने मध्यपूर्वको एक मात्र मुलुकमा इजिप्ट हुनेछ । ८२ खर्ब डलरका साथ यो मुलुक विश्वकै सातौं ठूलो अर्थतन्त्र भएको मुलुक हुनेछ ।७९ खर्ब डलरका साथ रूस आठौं ठूलो अर्थतन्त्रको मुलुक हुनेछ । यो सूचीमा जापान र जर्मनीको स्थान पनि ओरालो लाग्ने छ । यो एसियाली मुलुक ७२ खर्ब डलरका साथ नवौं स्थानमा रहनेछ भने जर्मनी ६९ खर्ब डलरका साथ १० औं स्थानमा रहनेछ ।हाल शीर्ष १० को सूचीमा रहेका मुलुकहरू बेलायत, इटाली, फ्रान्स र क्यानडा सूचीबाट बाहिरिनेछन् ।मार्चमा अन्त्य हुने चालू आर्थिक वर्षमा भारतले ७ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ । यसले मेमा हुने राष्ट्रिय चुनावमा दोस्रो कार्यकालका लागि विजयी हुनका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई केही राहतको अवस्था सिर्जना गर्न सक्नेछ । अघिल्लो त्रैमासको अवधिको तुलनामा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा भारतको वार्षिक आर्थिक वृद्धि अपेक्षा गरिएभन्दा कम अर्थात् अघिल्लो ८.२ प्रतिशतबाट ७.१ प्रतिशतमा ओर्लिएको छ । यसमा मन्द अवस्थाको उपभोक्ता खर्च र कृषि वृद्धिको भूमिका देखिएको छ । यसले लोकप्रिय बजेट ल्याउने योजनामा रहेका नरेन्द्र मोदीलाई जोखिमको अवस्था सिर्जना गरेको छ ।
२०३० सम्म शीर्ष १० ठूला अर्थतन्त्र हुने प्रक्षेपित मुलुकदेश जीडीपी (ट्रिलियन डलरमा)१. चीन ६४.२२. भारत ४६.३३. अमेरिका ३१.००४. इन्डोनेसिया १०.१५. टर्की ९.१६. ब्राजिल ८.६७. इजिप्ट ८.२८. रूस ७.९९. जापान ७.२१०. जर्मनी ६.९