एजेन्सी
आइतवार, चैत्र १०, २०७५
789

वासिङटन-विश्व वृद्धिलाईनै असर पार्नेगरी आएको अमेरिका–चीनबीचको व्यापार युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक असाक्षरताको नतिजा भएको कोलम्बिया युनिभर्सिटीका एक अर्थशास्त्रका प्राध्यापकले बताएका छन् ।
ट्रम्पले विभिन्न अवसरमा अमेरिका र चीनबीचको व्यापार असन्तुलन अमेरिका ठगिएको बताउदै आएका छन् ।

“व्यापार वार्तामा देखिएको समस्या भनेको गलत बुझाई हो । चीनसँग अमेरिकाको व्यापार असन्तुलन भनेको अस्वस्थ अभ्यासका कारण भएको होइन । यो अमेरिकाको आर्थिक असाक्षरताका कारण भएको हो,”कोलम्बिया युनिभर्सिटीका प्राध्यापक जेफरी सचले बताए ।
“पुरै व्यापार वार्ता दुई गलत धारणामा अडेको छः यो मध्येको एक चीनले चोरी गरिरहेको छ र दोस्रो भनेको चीन डरको रुपमा उदाएको छ,” उनले थपे ।
अमेरिका–चीन व्यापार असन्तुलन घटाउने ट्रम्पको उद्देश्यमा चुनौती दिने सच एक व्यक्ति मात्रै होइनन् । अन्य अर्थशास्त्रीहरुले पनि व्यापार अन्तरले सम्बन्धमा कसले जितिरहेको छ र कसले हारिरहेको छ भन्ने विषयमा पर्याप्त मात्रामा खुलासा नगर्ने बताएका छन् ।
यद्यपी चीनले पक्षपातपूर्ण व्यापार अभ्यास गरिरहेको आरोप लगाउनेमा ट्रम्प गलत नभएको अन्यले बताएका छन् । युरोपेली संघे बेइजिङले विदेशी कम्पनीलाई आफ्नो प्रविधि हस्तान्तरण गर्नका लागि दबाब दिने आरोप लगाएको छ । आफ्नो विशाल घरेलु बजारका पहुँचका लागि बेइजिङले यसो गर्ने गरेको आरोप युरोपेली संघले पनि लगाएको छ ।