एजेन्सी
मंगलबार, चैत्र १२, २०७५
1543

मुम्बई-मुम्बईबाट सिंगापुर गइरहेको सिंगापुर एयरलायन्सको विमानमाा बम रहेको धम्की दिइएको छ । यो सूचना प्राप्त भए लगत्तै पाइलटले विमानलाई सुरक्षित रुपमा चांगि विमानस्थलमा अवतरण गराएका छन् । यो विमानमा २६३ यात्रु सवार थिए । पछि परिक्षण गरिदा सूचना गलत भएको पुष्टि भएको छ ।
सिंगापुर एयरलायन्सको एसक्यू विमान ४२३ ले स्थानिय समय अनुसार ११.३५ बजे मुम्बइबाट उडान भरेको थियो । विमानले उडान भरेको केही समयपछि एयरलायन्समा फोन आएको र उक्त फोनमा विमानमा आपूmले बम राखेको बताएका थिए । यो धम्कीपछि सिंगापर वायुसेनाले चांगि अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई सुरक्षित रुपमा अवतरण गराएको थियो ।
विमानको यो आपतकालिन ल्यान्डिङ मंगलबार विहान ८ बजे भएको थियो । सबै यात्रुलाई विमानबाट सुरक्षित रुपमा ओरालिएको छ । यद्यपि अधिकारीे एक महिला तथा बच्चालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।