एउटा कलमका कारण विमान आपतकालिन अवतरण
एजेन्सी
सोमवार, बैशाख ३, २०७५
3566

बेइजिङ-एयर चाइनाको उडानमा आइतबार एक यात्रीले कलमको सहयोगमा विमान परिचारिकालाई बन्धक बनाएपछि विमानको आपतकालिन अवतरण गरिएको छ । उक्त विमानका कर्मचारीले केन्द्रीय चीनको झेङझोउ विमानस्थलमा आपतकालिन अवतरण गरेर अवस्थालाई नियन्त्रणमा लिइएको थियो । उक्त विमानले हुनान प्रान्तको चाङसाबाट बेइजिङका लागि उडान भरेको थियो । चीनको नागरिक उड्ययन प्रशासनका अनुसार ओरोपि यात्रीले चालक दलका सदस्यलाई धम्क्याउनका लागि यसो गरेको जनाएको छ । परिक्षण एजेन्सीले यो विषयमा जाचबुझ गरिरहेको छ ।
समाचार एजेन्सीका अनुसार एयर चाइनाको फ्लाईट नम्बर १३५० ले विहान ८.४० बजे चाङसाबाट उडान भरेको थियो । उक्त विमानले चाङसाबाट बेइजिङका लागि उडान भरेको थियो । यसैबीच एक यात्रीले विमान परिचारिकालाई बन्धक बनाएका थिए ।
कर्मचारीका सुझबुझका कारण विमानलाई झेङझोउ विमानस्थलमा अवतरण गराइएको थियो । अवतरण गर्नु अगाडि पनि विमानस्थलको सुरक्षा व्यवस्थालाई कडाइ पारिएको थियो । विमानस्थलका सुरक्षा अधिकारीले यात्रीलाई नियन्त्रणमा लिएर अवस्थालाई संकटमुक्त बनाएका थिए । विमानका सबै यात्रु सुरक्षित रहेका छन् ।
विमानमा सवार एक यात्रीले यो घटना बिजनेस क्लासमा भएको बताएका छन् । इकोनोमी क्लासलाई छुट्टाउने ढोका बन्द रहेको थियो । यसै कारणले भित्र के भयो भन्ने बारेमा कसैलाई केही पनि थाहा नभएको बताइएको छ ।