अस्ट्रेलियामा भोक मार्न कागज खादै बालबालिका
एजेन्सी
सोमवार, बैशाख ३, २०७५
4915

अस्ट्रेलियामा गरिबीका कारण बालबालिका धेरै प्रभावित भएका छन् । विगत १२ महिनाको अवधिमा अस्ट्रेलियामा २० प्रतिशत बालबालिका भोकै पर्ने गरेको हालैको एक अध्ययनले देखाएको छ । विगत १ वर्षको अवधिमा प्रत्येक पाँचमा एक अस्ट्रेलियाली बच्चा भोकै भएको देखिएका छन् । भोकका कारण बालबालिका कागज खान बाध्य भएका छन् । वेबसाइट एबीसी डट नेट डट एयूको प्रतिवेदनका मुताबिक विगत १२ महिनाको अवधिमा प्रत्येक पाँचमा एक अस्ट्रेलियाली बच्चा भोकै रहेका छन् ।
फूडबैंकको प्रतिवेदनका अनुसार गत वर्ष प्रत्येक पाँचमा एक बच्चा भोकै रहन बाध्य भएका थिए । यो मध्ये १८ प्रतिशत सातामा कमसेकम एक पटक खाजाबिना स्कुल जान बाध्य भएका थिए । यो मध्ये ११ प्रतिशत सातामा कमसेकम एक पटक रातमा बिना खाना सुत्न बाध्य भएका छन् । करिब ९ प्रतिशत सातामा कमसेकम एक दिन पुरै दिन खाना बिना बस्न बाध्य भएका छन् । करिब २९ प्रतिशत आमा बाबु धेरैजसो खाना बिनानै रहन बाध्य भएका छन् । छोराछोरीलाई खुवाउनका लागि उनीहरु खाना नखाई बस्न बाध्य भएको फूडबैंकको प्रतिवेदनले देखाएको छ ।
फूडबैंकले १ हजार आमाबाबुमाझ गरेको सर्वेक्षणमा १५ वर्ष भन्दा कम उमेरका अस्ट्रेलियाली बच्चाको २२ प्रतिशत यस किसिमको परिवारमा रहदै आएको देखिएको छ । फुडबैंक भिक्टोरियाका मुख्य कार्यकारी अधिकारी डोभ म्याकनमाराले अस्ट्रेलियाली प्रशारण संस्था एबीसीलाई यो अवस्था आफ्ना लागि धेरै दुःखको भएको बताएका छन् ।
उनले भनेका छन्,“हाम्रो समुदायको सबैभन्दा कमजोर हाम्रा बालबालिका, हाम्रा भविष्य पीडिन छन् । मलाई लाग्दैन कि यो सही हो । कसैले पनि यसलाई ठीक मान्न सक्दैन ।” वयष्कको तुलनामा बालबालिका बिना भोजन रहन सक्ने सम्भावना अधिक रेहेको सर्वेक्षणमा दोखिएको छ । तर २९ प्रतिशत आमाबावुले आफुहरु छोराछोरीलाई खान खुवाउनका लागि कम्तीमा पनि सातामा १ पटक भोकै बस्ने गरेको बताएका छन् ।
केही बालबालिका काजग खाने गरेको म्याकनमाराले बताए । पर्याप्त भोजनको अभावमा कागज खान बाध्य भएको अभिभावकले बताएको उनले बताए ।