एजेन्सी
आइतवार, बैशाख ३०, २०७५
8574

नयाँ दिल्ली- हालसालै मात्र बंगलादेशको राजधानी ढाकाको हवाइ क्षेत्रमा ठूलो विमान दुर्घटना टरेको छ । यो घटना २ मे को हो । उक्त दिन इन्डिगो तथा एयर डेक्कनको विमान आपसमा ठोकिनबाट झिनो अन्तरले जोगिएका छन् ।
दुवै विमानका पाइलटलाई स्वचालित चेतावनी प्रणाली (टीसीएस) बाट विमान आमने सामने भएको सूचना प्राप्त भएको थियो । दुवै विमान खतरनाक तरिकाबाट एक अर्काको अत्यन्त नजिक पुगेका थिए । इन्डिगोले यो घटनाको पुष्टि गरेको छ ।
सुत्रका अनुसार बंगलादेशको हवाइ क्षेत्रमा इन्डिगोको कोलकाताबाट अगरतला जादै गरेको विमान ६–ई–८९२ तथा एयढर डेक्कनको अगरतलाबाट कोलकाता आउदै गरेको विमान डीएन–६०२ हावामा एक अर्काको नजिक आउदै गरेका थिए । इन्डिगोको एयरबस विमान तथा डेक्कनको बीचक्त्रसफ्ट विमान एक अर्काको केबल ७ सय मिटरको दुरीमा आई पुगेका थिए ।
डेक्कनको विमान तलतिर आउदै गरेको र ९ हजार फीटको उचाइमा थियो भने इन्डिगोको विमान ८ हजार ३ सस फीटको उचाइमा आएको थियो । दुवै एक अर्कातर्फ बढ्दै गरेका थिए ।
विमानमा रहेको टीसीएएसले दुवै पाइलटलाई चेतावनी दिएपछि विमानलाइ सुरक्षित दुरीमा लगिएको थियो ।