एजेन्सी
मंगलबार, जेठ १, २०७५
3196

बेइजिङ- अमेरिकाले चिनियाँ मोबाइल उत्पादक र दुर सञ्चार कम्पनी जेटटीईलाई अमेरिकी कम्पोनेन्टको बिक्रीमाथि लगाउने प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपछि चीनले पनि अमेरिकी भटमासमाथि लगाइने भन्सार हटाउन सक्ने भएको छ ।
यो समाचार सार्वजनिक भए लगत्तै जुलाई डेलिभरीको भटमासको मूल्यमा प्रति ५ हजार बुसलमा १४.५० डलरले उच्च भई १ हजार १७ डलर ७५ सेन्ट कायम भएको छ ।
चीनले गत महिनाको सुरुमै १ सय ६ अमेरिकी उत्पादन अतिरिक्त २५ प्रतिशतको भन्सार लगाउने निर्णय गरेको थियो । यी उत्पादनहरुमा भटमास, कार र ह्विस्की समावेश भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा अतिरिक्त भन्सार लगाउने निर्णय गरेपछिको अवस्थामा चीनको यस्तो कदम आएको थियो ।
व्यापारको मामिलामा दुवै मुलुकले एक अर्कालाई हानी पुर्याउयने किसिमबाट कदम चालेपछिको अवस्थामा विश्वकै दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्धको सुरु भएको थियो । तर आइतरबार आएर भने तनावमा केही कमी आएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले जेटटीईलाई तत्काल व्यवसायमा फर्काउनका लागि अमेरिकी कम्पनीहरुलाई उक्त चिनियाँ कम्पनीमाथि लागेको प्रतिबन्ध फुकाउन सहयोग गर्ने बताएका थिए ।