एजेन्सी
बिहिवार, जेठ १०, २०७५
916

बेइजिङ- साम्यवादका जनक कार्ल माक्र्सको एक हस्तलिखित पृष्ठ ५ लाख २३ हजार डलर अर्थात ५ करोड ७१ लाख रुपैयाँमा बिक्री भएको छ । यो पृष्ठ उनको दि क्यापिटलको हुन सक्ने बताइएको छ ।
सञ्चार माध्यमका अनुसार यो पृष्ठ १८५० को सेप्टेम्बरदेखि १८५३ को अगस्टको बीचमा माक्र्सको १ हजार २ सय ५० पृष्ठको एक हिस्सा हुन सक्छ ।
यसैको आधारमा उनले आफ्नो पुस्तक ‘दि क्यापिटल’ लेखेको बताइएको छ ।
यो हस्तलिखितको यो पृष्ठ चीनका उयद्यमि फेङ लुलनले लिलामीका लागि राखेका थिए । सोमबार ३ लाख युआनमा यसको लिलामी सुरु भएको थियो । ५ लाख २३ हजार डलरमा गएर यसको अन्तिम लिलामी भएको थियो ।