एजेन्सी
आइतवार, असार ३, २०७५
7347

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्रीलाई साढे २ करोड मेक्सिकन नागरिक पठाउने धम्की दिएका छन् ।
ट्रम्पको यो भनाई जी–७ को सम्मेलनमा विभिन्न विषयलाई लिएर नेताबीच भएको विवादकाबीच आएको हो । विश्वका सर्वाधिक ठूला अर्थव्यवस्था भएका देशका नेताबीच पछिल्लो साता क्यानडामा भएको बैठक सफल हुन सकेको थिएन ।

ट्रम्पले सम्मेलनपछि सर्वसम्मतीबाट जारी गरिएको बयान खारेज गर्नुका साथै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोाइै तिमी कमजोर र बेइमान हौ भनेका थिए । यसका अतिक्ति व्यापार, आतंकवाद तथा आप्रवासको मुद्धामा ट्रम्पको व्यवहारप्रति उनका समकक्षि क्रुद्ध भएका छन् ।
बहसको समयमा ट्रम्पले आप्रवासनलाई युरोपको सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । उनले सिन्जोलाई भनेका छन्,“तपाईलाई म २.५ करोड मेक्सिकन नागरिक पठाइदिन्छु र तपाई सत्ताबाट च्यूत हुनुहुन्छ ।”
ट्रम्पले इरान तथा आतंकवादको मुद्धामा फ्रान्सेली राष्ट्रपतिलाई आरोपित गर्दै भने,“म्याक्रो तपाइलाई सबै आतंकवादीहरु पेरिसमै बसिरहेको विषय थाहै होला ।”
यसका अतिरिक्त ट्रम्पले युरोपेली संघका अध्यक्ष जीन क्लाउडे जंकर तथा अन्य नेताप्रति पनि तिखो टिप्पणी गरेका थिए ।