विश्वकै तीव्र एसयूभी सार्वजनिक
एजेन्सी
बुधवार, मंसिर २०, २०७४
14

हालैमात्र इटालीमा सार्वजनिक गरिएको ल्यामबोर्घिनी एसयूभी विश्वकै तीव्र गतीको एसयूभी कार हुने हपेक्षा अटोनिर्माताहरूले गरेका छन् ।यो सवारी उरुसमा ६५० हर्सपावरको टर्बोचार्ज भी–८ र ८ स्पिडको ट्रान्समिसन हुने बताइएको छ । सवारीमा राखिएका यी क्षमताले सवारीलाई प्रतिघण्टा १ सय ९० माइलको गतिमा गुड्नका लागि सहयोग गर्नेछ ।
अविश्वसनीय गतिबाहेक २ लाख डलर पर्ने एसयूभीले लामो समयदेखि अधिक महँगो र उच्च भूमिकाको स्पोर्ट कारलाई व्यापक परिवर्तन गर्ने अपेक्षा गरिएको छ । ल्यामबोर्घिनीले हाल नयाँ एसयूभीले अन्य मोडलको संयुक्तभन्दा पनि राम्रो भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ । यसले कार निर्माताको वार्षिक बिक्रीलाई दोब्बर पार्ने अपेक्षा गरिएको छ । २०१९ मा यो सवारी आएसँगै ल्यामबोर्घिनीको बिक्री ७ हजार पुग्ने अपेक्षा गरिएको छ ।प्राविधिक रूपमा भन्नुपर्दा यो ल्यामबोर्घिनीको दोस्रो एसयूभी हो । पहिलो कार एलएम–००२ १९८० को दशकमा उत्पादन गरिएको थियो । यो कार ३ सयको संख्यामा उत्पादन गरिएको थियो ।१९० माइल प्रतिघण्टाको गतिसँगै ल्यामबोर्घिनी उरुस विश्वकै तीव्र गतिको एसयूभी हुनेछ ।केही महिनाअगाडि लिबरम्यानलाई उरुसको प्रारम्भिक संस्करणको उत्पादन गर्न अनुमति दिइएको थियो ।लिबरम्यानको गति अधिकतम १ सय ६५ माइलप्रति घण्टाको थियो ।