कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५
8382

बैंकक-निद्रा खुलेपछि घरको ढोकामै एक भिमकाय बोइङ–७४७ देखियो भने तपाईलाई अचम्म लाग्ने मात्रै होइन बेहोसै हुने सम्भावना रहन्छ । यस्तै किसिमको घटना थाइल्यान्डको एक गाउमा भएको छ । एक दिन बिहान जब गाउले सुतेर उठे, उनीहरुले आफ्नो घरको छेवैमा जम्बो जेट बसिरहेको देखे । उत्तरी थाइल्यान्डको चाइ नटमा हिलोले भरिएको मैदानमा बोईङ–७४७ देखिएको थियो ।
विमानको परिक्षणका लािग भित्र जान मिल्ने अवस्था पनि थिएन । कार्गो होल्ड बाहेक विमानका सबै ढोका बन्द भएकाले यस्तो अवस्थाको सिर्जना भएको हो ।
गाउले उक्त विमानको आसपासमा भेला भए र उक्त जम्बो जेटको तस्बिर लिन थाले । यो बैजनी र सुनौलो रङको थाइ एयरवेजको विमान थियो ।
यो विमान इन्धन सकिएकाले खेतमा उतारिएको आशंका गाउलेले गरेका छन् ।